प्रधानमन्त्री ओलीलाई मनमोहनबाट टिचिङमा सार्ने तयारी - News site from Nepal
प्रधानमन्त्री ओलीलाई मनमोहनबाट टिचिङमा सार्ने तयारी

काठमाडौं, ।  नियमित डायलासिस र बुधबारै एपेन्डिसाइटिसको उपचार गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा सार्नका लागि छलफल भएको छ ।

प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको हो ।

प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको जानकारी उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले दिए ।

सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ। तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्‍त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!