प्रधानमन्त्री ओलीका लागि मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण हुँदै - News site from Nepal

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको पाइएको छ ।

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ बर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि संभावित दाता खोज्न थालिएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एक जना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० बर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ बर्षमुनिकी हुन् । उनीहरुको प्रधानमन्त्री ओलीसँग घनिष्ट पारिवारिक नाता छ । दुवै महिलाबारे विस्तृत विवरण प्राप्त भए पनि उनीहरुको ब्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन् ।

उनीहरु दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!