पर्वत । रोट्याक्ट क्लव अफ पर्वतको नवौ पदस्थापना सम्पन्न भएको छ । आज कूश्मामा आयोजित पदस्थापना कार्यक्रममा कूश्मा नगरका नगर प्रमूख रामचन्द्र जोशीले देश समृद्धिको आधार नै यूवा शक्ति भएको वताउनू भयो । रोट्यक्ट क्लव १८ देखी ३० वर्षका यूवाहरुले नेतृत्व गर्ने संस्था भएकाले स्वदेशमा नै यूवा शक्ति परिचालित हूनू पर्नेमा जोड दिनूभयो । यूवाहरुको चलायमान संस्था रोट्यक्ट भएकाले विदेश पलायन हून वाट रोक्नका लागी भूमिका खेल्नू पर्ने त्यसका लागी कुश्मा नगरले गर्नु पर्ने सहयोगका लागी हातेमालो गर्ने प्रतिवद्धता जनाउनू भयो । यूवाको श्रमले नै देश समृद्धिका लागी अगाडी वढ्ने भएकाले त्यसको सहि सदूपयोगका लागी सवै आ आपनो ठाउंवाट लाग्नू पर्नेमा जोड दिनू भयो ।
कार्यक्रममा रोटरी क्वलका अध्यक्ष लेखनाथ शर्मा,रोट्याक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य लगायतले शूभकामना दिनू भएको थियो ।
रोटा वर्ष २०१९ २० का लागी मिना खड्कालाई रोटा वर्ष २०१८/ ०१९ का अध्यक्ष गणेश पौडेल टूआर जीले पद हस्तान्तरण गर्नु भएको थियो । जेडआरआर सूदिप प्रसाईले अध्यक्षलाई सफत गराउनू भएको थियो । वर्ष २०१८ /०१९ का अध्यक्ष गणेश पौडेल टूआरजीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत आगामी अध्यक्ष गणेश पौडेलले,धन्यवाद उपाध्यक्ष कामना रेग्मीले र संचालन सचिव शान्ति शर्माले गर्नु भएको थियो ।





