फलेवासका सुकुम्बासीको उचित ब्यबस्थापन गर्छौ ः नगरप्रमुख शर्मा - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिका भित्रका सुकुम्बासीहरुको उचित ब्यबस्थापन गर्ने बताउनुभएको छ ।
शुक्रबार नगरपालिकाको कार्यालयमा सुकुम्बासीहरुको ब्यवस्थापन सम्बन्धि भेलामा बोल्दै नगरप्रमुख शर्माले अब कुनैपनि सुकुम्बासी बिचल्लीमा नपर्ने बताउनुभयो । नगरपालिकाले नगरको गुरुयोजना बनाउने क्रममा नगरभित्रका ११ वटै वार्डमा सर्वेक्षण गरिएकोमा बाउ बाजेको नाममा कुनै पनि घर जग्गा नभएका १८ घरपरिवार सुकुम्बासी नगरका विभिन्न वार्डमा बसोबास गर्दै आएका नगरप्रमुख शर्माले बताउनुभयो
सामुहिक रुपमा बसोबासको ब्यबस्था गर्ने प्रयास गरेको तर सुकुम्बासी साबिकै स्थानमा बस्न इच्छुक भएकाले सोही अनुसार उनीहरुको माग पूरा गर्ने नगरप्रमुख शर्माले बताउनुभयो । सुकुम्बासीलाई विभिन्न खालका सीप मुलक तालिम सिकाएर उनिहरुको जिवनस्तर सुधारमा जोड दिने बताउनुभयो । पहुच नभएका गरिब दुखी,बिपन्न, अर्थिक स्थित कमजोर भएका,लक्षित बर्गको हाक हितका लागि नगरपालिकाले काम गरिएको उहाले बताउनुभयो ।भेलामा बोल्दै नगर उपप्रमुख मन्जु अधिकारीले सुकुम्बासी परिवारको पिडामा मलम लगाउन नगरपालिकाले बिशेष सहयोग गर्ने बताउनुभयो ।
नगरभित्रका हरेक नागरिकहरुको जिवनस्तर उकास्नको लागि नगरपालिकाले बिबिध कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले सुकुम्बासी परिवारको दयानिय अवस्थालाई नगरपालिकाले बिशेष प्राथमिकतामा राखेर उनिहरुको गास,बाँस कपासको ब्यवस्थापन गर्न नगरपालिकाले पहली कदम चालिरहेको बताउनुभयो ।सुकुम्बासीहरुले आफ्नो जिवनमा परिबर्तन गर्नको लागि केही न केही काम गर्नुपर्ने बताउदै नगरपालिकाले लक्षित बर्गलाई सहयोग गर्ने बताउनुभयो ।
भेलामा बोल्दै फलेवास नगरपालिका ११ पाङराङकी सुकुम्बासी चन्द्र कुमारी परियारले एक टुक्रा जमिन पनि आफ्नो नाममा नहुदा आफुलाई बाचेर पनि बाचेको सार नभएको दुखेसो गर्नुभयो । परियार भन्नुभयो “आफ्नो बस्ने गत्तिलो बाँस पनि छैन आफ्नै एउटा गत्तिलो छाप्रो बनाएर त्यहीँ छाप्रोमा मर्न पाए हुन्थ्यो“ नगरपालिकाले आफ्नो नाममा लालपुर्जा बनाईदिन आग्रह गर्नुभयो ।
भेलामा बोल्ने सबै सुकुम्बासीहरुले पहिले देखि बस्दै आएको घरजग्गाको लालपुर्जा बनाइदिनुपर्ने, जिवनयापन सहज गराउन विभिन्न सिपमुलक तालिम दिनुपर्ने, आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने,एकल महिलालाई आवश्यक सहयोग गर्नुपर्ने लगाएतका मागहरु राखेका थिए ।नगरप्रमुख शर्माले उहाँहरुको माग जायज भएको बताउदै छिट्टै ती मागहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा नगरभित्रका पाङराङ, कुर्घा, ठानामौला, थापाठाना, शंकरपोखरी, मुडिकुवा लगाएतका ठाउँका सुकुम्बासीहरुको सहभागीता रहेको थियो ।
नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नगरपालिकाका योजना ब्यबस्थापक देवि प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
यसैबीच पर्वतको फलेवास नगरपालिकालाई यहि असार मसान्त सम्म काठको पोल मुक्त बनाइने भएको छ । सामुदायिक बिद्युतिकरण उपभोक्त समिति फलेवास नगरपालिकाको बिहिबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
नगरका बिभिन्न वार्डमा रहेका काठेपोललाइ बिस्थाति गरि फलामे पोल स्थापित गर्न लागिएको फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले जानकारी दिनुभयो । नगरपालिका भित्रका विभिन्न वार्डहरुमा करिब ७ सय फलामे पोलको आवश्यकता रहेकोले अब पोल खरिद गरि काठेपोल भएको स्थानम फलमे पोल राखिने नगरपालिकाका योजना ब्यबस्थापक देवि प्रसाद तिमिल्सिनाले बताउनुभयो ।
फलामे पोल खरिदको लागि नगरपालिकाले आर्थिक बर्ष २०७५।७६ मा रु ३० लाख छुट्टाएको थियो ।
फनपा ८ अर्चलेमा निर्माण भएको एकीकृत नमुना बस्तीमा पनि पोल र तारको व्यबस्था गरेर छिट्टै बिधुत पुर्याउने काम भैरहेको सामुदायिक बिधुतिकरण उपभोक्ता समिति फलेवासका अध्यक्ष दर्शन घलेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!