
पर्वत– पर्वतको मोदी गाउँपालिकाका मासु पसलहरुको अनुगमन गरिएको छ ।
मोदी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासुपसलहरु अनुगमन गरिएको छ भने केहि कुखुरा फारम र दाना पसलहरुमा पनि अनुगमन गरिएको हो । अनुगमनका क्रममा कुनैपनि पसल मापदण्ड अनुसार संचालन नभएको पाइएको छ । १२ वटा पसलहरु अनुगमन गरिएकोमा धौलागिरि फ्रेस हाउस बाहेक अन्य ११ वटा पसलहरु मापदण्डनै नपु¥याई संचालन गरेको पाइएको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिनुभयो । उहाँले मापदण्ड नपु¥याईकन संचालन भएका पसल संचालकहरुलाई सुधार गर्नका लागि एक सातामा समय दिईएको बताए । एक साता भित्र पनि मापदण्ड अनुसारको पूर्वाधार निर्माण नगरे स्वतः पसल बन्द गरिने भएको छ ।
त्यस्तै स्थानीय सञ्जीबनी सहकारीले संचालन गरेको दाना पसलमा ७० बोरा कुखुराको दाना म्याद नाघेको पाईएको छ । म्याद नाघेको दाना पनि कम्पनीमै फिर्ता गर्न एक साताका लागि समय दिइएको र उक्त समय सम्म पनि फिर्ता नगरिए नष्ट गरिने सापकोटाले जानकारी दिनुभयो । अनुगमनमा पशु सेवा शाखाका प्रमुख सापकोटा सँगै गाउँपालिकाका कर्मचारी प्रकाशचन्द्र सुवेदी, स्थानीय प्रहरी चौकीका यामबहादुर खड्का, कमल विक, निशान केसी, उद्योग बाणिज्य संघका प्रतिनिधि नबराज केसी लगायतका ेसहभागिता रहेको स्थानीय पत्रका समिर मल्लले जानकारी दिए ।