नेकपा पर्वतद्धारा ताप्लेजुङ हेलीकप्टर दुर्घटना प्रति दुःख व्यक्त - News site from Nepal

पर्वत–बुधवार दिउँसो ताप्लेजुंङमा भएको हेलीकप्टर दुर्घटनाबाट भएको क्षतिप्रति नेकपा पर्वतले दुःख व्यक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री तथा नेकपाका प्रभावशाली नेता रबिन्द्र अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,
प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल र नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान जानेगरी भएको घटनाले सिंगो मुलुक र पार्टीलाई अपुरणिय क्षति पुगेको भन्दै दूःख व्यक्त गरिएको हो । नेकपा पर्वतका संयन्त्र सदस्य भक्त कुँवरले एक शोक बक्तव्य जारी गर्दै मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले शोक बक्तव्य जारी गर्दै नेपाल सरकारका प्रभावशाली मन्त्री अधिकारी लगायत सात जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुर्घटनाले सिङ्गो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतात्मापति श्रद्दाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!