
पर्वत- एक करोडको लागतमा निर्माण हुनलागेको कृषि फर्मको भवन शिलन्यास गरिएको छ । राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्थाको कुखुरा फर्म शिलान्यास गरीएको हो ।
गण्डकी प्रदेश कृषि भुमी सहकारी मन्त्रालयका सचिव शरद चन्द्र श्रेष्ठले आईतबार फर्मको शिलन्यास गर्नुभएको हो । कुश्मा नगर पालिका नौ पटेश्वरी मन्दीर नजिकैको फर्म शिलान्यास गर्दे श्रेष्ठले निर्वाह मुखी खेती प्रंणालिबाट माथी उठन कृषकहरु सहकारी मार्फत कृषि व्यवसायमा जुटनु पर्ने बताउनुभयो । श्रेष्ठले अहीले सम्मम कृषकको वास्तवीक पहीचान नहुँदा पनि कृर्षि पेशामा लाग्ने वास्तवीक जनशक्ती कती छ भन्ने तथ्याङ्ग नहुदा समस्या भईरहेकोमा गण्डकी प्रदेशले कृषकको पहीचानको लागि कृषक वर्गको तथ्याङ्ग संकलनमा लगेको बतउनु भयो ।
श्रेष्ठले गण्डकी प्रदेशले ४० वटा मोडल फार्मको लगि ४० करोड वजेट विीयेजन गरेर फर्मको अनुगनम भईरहेको जनाएको छ । डेड अर्व बजेट कृषि क्षेत्रमा विनीयोजना गरेर देशकै नमुना कृषिक्षेत्रको विकासमा लागेको मन्त्रालयले जनाएको छ । श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा २० लाख लगनी गर्ने कृषकले मासीक ३० देखी ४० हजार कमाउन कुनै समस्य नभएको बाताउँदै सरकरले दिने अनुदान नभई कृर्षी क्षेत्रको लागत घटउन लागेको बताउनु भयो ।
कार्यक्रममा पशु पन्छी विज्ञ केन्द्र वाग्लुङक प्रमुख नारायण शर्मा, नगर पशु विकास अधिकृत राम जी पौडेल वडा अध्यक्ष कृष्ण् लामीछाने लगयतले वोल्नु भएको हो । कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्था अध्यक्ष ढाकाराम गौतमले सहकारीले विगत देखी नै पशु तथा माछा पालन गर्दै आएको बताउँदै लगानी बढाएर लेयर जातका ४ हजार कुखुराको लागि फर्म तयार पार्न लागेको बताउनु भयो ।
कार्यक्रमम शेयर सदस्य तथा जन प्रतिनिधि लगायतको सहभगिता रहेको हो । सहकारीले फर्मलाइ विस्तार गर्दै वंगुरा माछा र कुखुरा पलनमा जोड दिने जनाएको छ ।