सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध - News site from Nepal
सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हँुदै बेनीतर्फ छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटकपटक पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!