अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु - News site from Nepal
अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका बस दुर्घटना भएको छ। दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको हो।

सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।

अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए। घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ। घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारीरहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!