उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न बैंकिङ क्षेत्रलाई मन्त्री लम्सालको आग्रह - News site from Nepal

 

पोखरा- पोखरा महानगरपालिका स्थित अमरसिंह चोकमा रहेको कामना सेवा विकास बैँक स्थानान्तरित गरिएको छ । अमरसिंह चोकमा रहेको उक्त बैंक अब ६० मिटर पश्चिममा सरेको छ । कामना सेवा विकास बैंकले नयाँ स्थानमा सरे सँगै बुधबार बाट आफ्नो नियमित सेवा प्रदान गरेको हो ।
काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले १०० भन्दा बढी शाखाहरु स्थापना गरी कारोबार सुचारु गर्दै आएको छ । यस बैँकको पुजीँ २६ अर्ब पुगेको छ ।
उक्त बैंकको बुधबरा स्थानान्तरित गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बैंक तथा बित्तिय संस्थाहरुले घर,जग्गा धितोराखेर ऋण प्रवाह गर्ने तर्फ मात्र ध्यान नदिई उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । “बैक तथा बित्तिय संस्थाहरु नाफामुखी क्षेत्रमा मात्र लगानी बढाउने तर्फ मात्र केन्द्रित हुनुहुदैन,मन्त्री लम्सालले भन्नुभयो,” अब बैंकिङ क्षेत्रहरुले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै उत्पादित क्षेत्रहरुमा लगानी गर्दै रोजगारी पनि सिर्जना गर्न सक्नुपर्छ ।
मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन तथा समुन्नतीको लागि बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण रहने चर्चा गर्दै साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि बैंकिङ क्षेत्रहरु सधै क्रियाशिल रहिरहनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री लम्सालले देशमा लगानीको वातावरण सौहाद्रपुर्ण बन्दै गएको बताउदै कृषि,पर्यटन,उर्जा तथा लघुउद्यम लगाएतका क्षेत्रमा लगानी बढाउन समेत बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो । विकास निर्माणमा बैंकिङ क्षेत्रहरु सँग सहकार्य गरेर अगाडी जान सरकार तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

उक्त बैंकले विभिन्न शहर तथा ग्रामिण भेगका कुना कन्देरामा पुगेर सरल तथा सहज तवरको बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकका कार्यकारी अधिकृत प्रविन बस्नेतले बताउनुभयो । साघुँरो कोठा बाट सेवा प्रवाह गर्दै आएको उक्त बैंकले नयाँ उमंगका साथ नयाँ स्थान तथा फराकिलो भवन बाट आफ्नो सेवा प्रदान गरेको बताउदै उहाँले यस बैंकले विभिन्न विधामा छुट्टको व्यवस्था गरेको र जनतालाई निरन्तर सेवा दिन उद्दत रहेको स्पष्ट पार्नुभयो ।
चतुराखर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम जमर कट्टेल,बैंकका कल्पनाकार कृष्ण आचार्य लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!