पर्वत– पर्वतको प्रसिद्द धार्मिक एवम् पर्यटकीय स्थल मोदीबेणी दिब्य धाममा नेपाल राष्ट्रका प्रथम जगतगुरुद्धारा एक दिने प्रचवन कार्यक्रम गरिने भएको छ ।
सुनसरीको चतराधाममा हुन लागेको कुम्भ मेलाको पूर्व सन्ध्यामा नेपाल राष्ट्रका प्रथम जगतगुरु अन्नत श्रीविभूशित जगतगुरु बालशन्त मोहनशरण देवाचार्य माहराजश्री बाट धार्मिक प्रवचन सहित सत्सगं कार्यक्रमको आयोजना गरिएको हो ।
मोदीवेणीमा गत फागुन ४ गते नृसिहं मन्दिरबाट शालिग्राम शिला चोरीको घटनालाई मध्यनजर गर्दै मानवमा अध्यात्मा जोगाउने उदेश्यले फागुन १६ बिहीवार धार्मिक प्रवचन आयोजना गरिएको नृसिहं मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय बिकास समितिका उपाध्यक्ष केशवदाश वौरागीले बताउनुभयो ।
उहाँले यो धार्मिक कार्यमा सहभागि भई प्रवचन सुन्न सम्पूर्ण धार्मिक अनुरागीहरुलाई आग्रह गर्नुभएको छ । जगतगुरु कुम्भ मेलालाई छाडेर शालिग्राम शिला चोरी भएको खबर पाई अचानक यहाँ आउन लाग्नुभएको हो । यस्तै उहाँ बाग्लुङको राधाकृष्ण मन्दिर परिसरमा पुगेर धार्मिक प्रवचन दिन समेत जाने आयोजकले जनाएको छ ।