पर्वतको कुश्मामा सञ्चालित महायज्ञको आज अन्तिम दिन, कतै तुलादान गर्न छुट्नु भएको त छैन ? - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालित बहुउद्धेश्यीय विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेला आज समापन हुँदै छ । समग्र पर्वतलाई धार्मिक पर्यटनको हब बनाउने उद्धेश्य सहित संचालित महायज्ञको दशौ दिन सम्म चार करोड भन्दा बढि रकम संकलन भएको छ ।
यज्ञको दशौ दिन शुक्रवार संघिय सरकारका वन मन्त्रालयका सह सचिव डा कृष्ण प्रसाद आचार्यले यज्ञको सफलताका लागी शुभकामना व्यक्त गर्नु भयो । उहांँले मानिस कामको शिलशिलामा मनले नमान्दा नमान्दै पनि केहि त्यस्ता कार्यहरु गर्दछ ति कार्यहरुको मोचन गर्ने विधि यज्ञ हो त्यसकारण सवैले जानी नजानी अनजानमा गरेका कमी कमजोरीहरुलाई हटाउनका लागी यस्ता कार्यक्रममा आई दान गरेर पून्य कमाउन आग्रह गर्नूभयो । पर्वत जिल्लालाई विश्वसामू चिनाउने यस महान कार्यको योजनाकार लगायत मूल आयोजक समितिलाई धन्यवाद दिनूभयो । शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज दशौ दिन सम्म ४ करोड संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले जानकारी दिनू भयो ।
३ करोड ५० लाख नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो । आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली अन्तिम दिन झाकी सहित कथावाचन हुने तथा नेपाली कांग्रेसका महामन्त्री शसांड्क कोईराला प्रमूख अतिथि रहने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।आजै असख्य दिप प्रजोलन भएको छ ।
महायज्ञ मूल आयोजक समितिका दिप संकलन तथा व्यवस्थापन उप समितिका संयोजक कलावती पूरीले सवै भक्तजनहरुवाट प्राप्त १ करोड भन्दा माथी रहेका ज्योति प्रज्वलन गरेको जानकारी दिनू भयो ।कोटीहोमका ९५ प्रतिशत कार्य सम्पन्न भएको तथा वांकी कार्य भोलि सम्पन्न गरि गूरुहरुलाई विधाई गरिने तथा भोली पनि दानविरहरुलाई सम्मान जारी राखिने मूल आयोजक समितिका अध्यक्ष पृथ्वि नारायण शर्माले जानकारी दिनू भयो ।यज्ञमा सोचेभन्दा धेरै भक्तजनहरुको उपस्थिति भएको मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!