
पर्वत–ः हिजोदेखि संचालनमा आएको एसइइ परिक्षाको पहिलो दिन पर्वतमा २४ जना परिक्षार्थी अनुपस्थित भएका छन् ।
जिल्लाका ११ वटा परिक्षा केन्द्रबाट २४ जना विद्यार्थी अनपुस्थित भएका हुन् । जस मध्ये ९ जना छात्र र १५ जना छात्रा अनुपस्थित भएका हुन् । कुश्मा नगरपालिकाका दुई वटा विद्यालयवाट मात्रै सात जना अनुपस्थित भएका हुन् । कुश्माको नारायण माविबाट ३ छात्र र २ छात्र गरी पाँच जना, हिमालय मावि कुश्मा–२ बाट २ जना, निर्मल जनसेवा मावि त्रिवेणीमा १ जना अनुपस्थित भएका हुन् । त्यसैगरी शालिग्राम मावि विहादीका २ जना, भवानी विद्यार्थी मावि खानीगाउँका १ जना, महन्द्रज्योती मावि लंखुदेउरालीमा २ जना, जनसेवा संस्कृत मावि हुवासमा ३ जना अनुपस्थित भएका हुन् । त्यसैगरी अन्नपुर्ण मावि कार्किनेटामा २ जना, सरस्वती मावि बाजुङबाट ३ जना अनुपस्थित रहेको जिल्ला शिक्षा तथा समन्वय ईकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका १९ वटै परिक्षा केन्द्रमा संचालित शान्तिपुर्ण रुपमा संचालन भएको छ । पर्वतमा यस वर्ष २ हजार ८ सय ७५ जनाले एसइइ दिनका लागि फारम भरेका थिए । जस मध्ये १ हजार ४ सय ८ छात्र र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको थियो । यी मध्ये १८ जनाले विभिन्न कारणले परिक्षा दिनवाट बञ्चित बनेका थिए भने २४ जना अनुपस्थित भएको र २ हजार ८ सय ३३ जनाले अंग्रेजी विषयको परिक्षामा सहभागि भएको पौडेलले जानकारी दिनुभयो ।
प्रत्येक स्थानीय तहले आ–आफ्नो तहभित्रका परिक्षा केन्द्रहरुमा आफै अनुगमन संयन्त्र बनाएर प्रभावकारी रुपमा अनुगमन गरेको र परिक्षा विगतका वर्षहरुमा भन्दा बढि मर्यादित र चिट चोर्ने प्रबृत्ति निकै न्यून रहेको पाइएको छ ।