सहयोग गर्न पिडितको घरमै पुग्यो लायन्स क्लव अफ पर्वत चौतारी - News site from Nepal

पर्वत- हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले पर्वतको खौलालाकुरी जोईथुम्का देउरालिडाडाँ स्थीत राधाकुवरको घरमै पुगेर खाद्यान्न तथा नगद सहयोग गरेको हो ।
कलवका अध्यक्ष टंकनाथ लामीछाने सहितको टोलि उक्त स्थानमा पुगेर ६ बोरा चामल तेल तथा नगद पाँचहजार पाँच सय सहयोग हस्तान्त्रण गरेको हो । लामो समयदेखी छोरी थल परेपछी कुवर परीवार विचल्लीमा परेको हो कमाईगर्ने श्रीमान को ९ वर्ष अघि मृत्यु भएपछि कुवर परिवारमाथि वज्रपात परेको राधा कुवरले वताउनुभयो ।
राहात टोलि घरमै पुगेको देख्दा हर्षका आशुझदै सहयोगीलाई अर्शिवाद दिनुभयो । छोरी सरस्वतीकुवर विस्तारावाट उठ्न नसकी थल परेको चार वर्षभयो यसको सेहार सुसार मैलेनै गर्दै आएकी छु कुवरले भन्नुभयो उपचार गर्दा पनि केहीपत्तो लागेन भएको खेत वेचेर उपचार गरे कमाउने मान्छे कोई छैन दैनीक ज्यालादारीले ज्यान पालेकी छु ।

यता कलवले यस्तो नाजुक अवस्थाको वारेमा थाहापाएपछी राहातका सामाग्रए संकलन गरेको लामिछानेले वताउनुभयो । कलवका पदाधिकारी यम प्रसाद शर्मा, देवि श्रेष्ठ तथा सिसेफ महिला समुहका विजया जोशी पवित्रा श्रेष्ठ,दुर्गा शर्मा को पहलमा समाग्री संकलन गरिएको थियो ।
राहात वितरण समारोहमा सहयोगदाता धु्र्रव पौडेल, किसोर तिमिल्सीना अजित वरुवाल,ज्योति चापागाई तथा अर्जुन गौडेलको सहभागीता रहेको थियो । सोही अवसरमा वाग्लुङ्ग निवासी रिता खड्काले रु पाँचहजारको चेक हस्तान्त्रण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!