पर्वत–लायन्स क्लब अफ शिबालय कुस्माको आयोजनामा कुस्मा नगरपालिका वडा नं १४ आर्थर स्थित पञ्चकोशी माबिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबको हरियाली प्रर्बद्धन अभियान अन्र्तगत पञ्चकोशी माबिको परिसरमा धुपीका बिरुवा रोपिएको हो ।
बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बृक्षारोपण कार्यको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष शर्माले पञ्चकोशी माबिलाई बगैंचा बिद्यालयको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउँदै बिद्यालयको बाहिरी वातावरणले बिद्यार्थीलाई लोभ्याउने अपेक्षा गर्नुभयो । लायन्स क्लबहरुले पञ्चकोशी माबिलाई गर्दै आएको सहयोग प्रति पनि आभार ब्यक्त गर्नुभयो ।
लायन्स क्लब इन्टरनेशन डिस्ट्रक्ट ३२५ बि १ डिर्पाटमेन्ट अफिसर कमलनाथ शर्माले लायन्स क्लबले सामाजिक, शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै सबैको सहयोग र सद्भाबबाट अझै धेरै काम गर्न सकिन्छ भन्नुभयो । लायन्स क्लब अफ शिबालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माले आफुले आधारभुत शिक्षा प्राप्त गरेको बिद्यालयको वातावरण सुधार गर्नका लागि सानो प्रयास गरेको बताउँदै हरेक सफलताका लागि ससाना सहयोग र सहकार्यबाट धेरै ठुला उपलब्धी हासिल गर्न सकिन्छ भन्नुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रकास सापकोटा, लायन्स क्लब अफ शिबालयका सचिब मिनराज शर्माले पनि बोल्नुभएको थियो ।
समाप्त






