पर्वत/ मध्यपहाडी लोकमार्गको पोखरा –खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बसले ठक्कर दिदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
पोखरावाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नं को बसले बुधबार मध्यान्न ठक्कर दिदा घाइते भएका कुश्मा नगरपालिका .१ मालढुङ्गा बस्ने ३५ बर्षिय स्वरुपबहादुर बोटेको उपचारका क्रममा मृत्यु भएको हो । दिउँसो सवा १२ बजे बसले ठक्कर दिदा घाइते भएका बोटेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा साँझ सवा ५ बजे मृत्यु भएको हो ।
घाइते बोटेको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । ठक्कर दिने बस र सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर अन्य अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।






