उच्च शिक्षा पढाउन सागरलाई राष्ट्रियसभा अध्यक्षको संरक्षकत्व -काठमाण्डौको क्यानभास इन्टरनेशनल कलेजमा भर्ना - News site from Nepal

काठमाण्डौ/ आर्थिक अभावले उच्च शिक्षा पढ्नबाट बञ्चित भएका प्युठानका एक बिपन्न बिद्यार्थीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संरक्षकत्व लिदै बिद्यालय भर्ना गर्नुभएको छ । 
प्युठानको झिमरुक गाउँपालिका ४ बांगेमरोठका सागरविक्रम जिसीलाई अध्यक्ष तिमिल्सिनाले काठमाण्डौको क्यानभास इन्टरनेशनल कलेजमा भर्ना गर्नुभएको हो । गरिबीका कारण उच्च शिक्षा पढ्न नपाएका सागरलाई बुधबार विज्ञान संकायमा भर्ना गरिएको छ । 
सागरले आर्थिक अभाबका कारण उच्च शिक्षा हासिल गर्न नपाएको समाचार सार्वजनिक भएपछि अध्यक्ष तिमिल्सिनाले चाँसो लिनुभएको थियो । समाचार आएपछि कलेजसँग निःशुल्क पढाउने विषयमा सल्लाह गरेर सागरको संक्षकत्व लिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले लगनशिल भएर पढ्न सागरलाई आग्रह गदैै भन्नुभयो ‘राम्रो अंक लिएर उच्च शिक्षा उत्र्तिण भएमा माथिल्लो कक्षा पढ्नका लागि समस्या पर्दैन’

कलेजले उच्च शिक्षासम्म पढ्दा लाग्ने सवै शुल्क र आवासको खर्च निःशुल्क गराएको छ । शुल्क र आवासमा गरी दुइवर्षका लागि लाग्ने चार लाख ४० हजार रुपैयाँ निःशुल्क हुने कलेजका प्रिन्सिपल देवेन्द्र प्रसाद हडखलेले जानकारी दिनुभयो । राष्ट्रिय सभा अध्यक्षको आग्रहमा निशुल्क पढ्ने ब्यबस्था मिलाएको उहाँको भनाई छ । आर्थिक अभावले पढ्न नपाएका विपन्न, गरिव र असाहय विद्यार्थीहरुलाइ कलेजले विशेष प्राथमिकतामा राखेर सामाजिक उत्तरदायित्व अन्र्तगत पढाउँदै आएको उहाँले बताउनुभयो ।


राष्ट्रिय व्यक्तित्वको संरक्षकत्वमा रहेर पढ्न पाउँदा सागर समेत उत्साहित भएका छन । आफुँलाई उच्च शिक्षा पढाउन सहयोग गर्नेको आशा र भरोसालाई साकार पार्ने अठोट लिएको सागरले बताउनुभयो । ‘सहयोगीहरुको आशालाइ निराशा बनाउने छैन्’,उनले भने,‘मेहनत गरेर पढ्छु ।’ सागर कक्षा १ देखि नै उनी प्रथम हुने विद्यार्थीमा पर्छन् । एसइइमा ‘ए ग्रेड’ अर्थात ३ दशमलव ५५ जिपिए सहित उर्तिण हुनुभएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!