पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा पाँचजनाको मृत्यु - News site from Nepal
पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा पाँचजनाको मृत्यु

नवलपरासी : पूर्वी नवलपरासीको कावासोती–८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ।
राति करिब सवा १० बजे खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार पाँच जना पुरुषको मृत्युु भएको हो। मृतक पाँचै जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवनतर्फ पठाएको थियो। तर, उनीहरु सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
यसबीच पूर्वी नवलपरासीकै अरूणखोलामा रात्रि बस दुर्घटना हुँदा बसमा सवार यात्रुहरू गम्भीर घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!