पर्वत प्रहरीद्धारा एसइइ संचालन हुने १९ परिक्षा केन्द्रमा यसरी गर्यो सरसफाई - News site from Nepal

पर्वत–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत पर्वतका बिभिन्न प्रहरी चौकीहरुको आयोजनामा विद्यालय सरसफाई कार्यक्रमहरु सम्पन्न भएका छन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चैत १० गतेबाट शुरु हुन लागेको एस.ई.ई. परीक्षाका केन्द्र तोकिएका जिल्लाका १९ ओटा बिद्यालयहरुमा सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । परीक्षा केन्द्र तोकिएका बिद्यालयका पायक पर्ने स्थानमा रहेका प्रहरी चौकीमा कार्यरत प्रहरी तथा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीको अगुवाईमा सरसफाई गरिएको हो ।
परीक्षा केन्द्र तोकिएका सम्वन्धित विद्यालयहरुसंगको आवश्यक समन्वयपछि प्रहरी विद्यालय सम्पर्क समितिले विद्यालयहरु सरसफाई गरेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सरसफाई कार्यक्रमसंगै एस.ई.ई. परीक्षाको केन्द्र तोकिएका बिद्यालय र त्यस आसपासको क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुका साथै अनुगमन पनि गरेको छ ।
यसैबीच, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै वन पैदावार र वन्य जन्तुसंग सम्वन्धित अपराध न्युनिकरण गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा वन पैदावार र वन्यजन्तु संग सम्वन्धित अपराध न्युनिकरण गर्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
अन्तरक्रियामा प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, डिभिजन वन कार्यालय पर्वतका प्रमुख दधिलाल कँडेल, सहायक वन अधिकृत माधुरी खड्का लगायत सव डिभिजन वन कार्यालयका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा वन पैदावार र वन्यजन्तुसंग सम्वन्धित अपराध न्युनिकरण गर्ने विषयका बारेमा छलफल भएको छ ।
यस्तै, वनजङ्गल लगायत अन्य स्थानमा हुने आगलागी र डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतले संयुक्त रुपमा सवै पालिकाहरुसंग समन्वय गरी वडा, टोल तथा विधालय स्तरमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!