वामदेव गौतमको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र - News site from Nepal
वामदेव गौतमको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र

काठमाडौं : सचिवालय सदस्य वामदेव गौतमलाई उपाधयक्ष बनाउने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ।
गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा गौतमले दुई महिनादेखि जिम्मेवारी सम्हाल्न नपाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो।
बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउन स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो।  तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब १० महिनासम्म बोलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!