पर्वतको कुर्घामा डेढ वर्षिय बालकको गोवरग्याँसको खाडलमा डुवेर मृत्यु - News site from Nepal

पर्वत– पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा आफ्नै घरमा रहेको गोवरग्याँसको खाडलमा डुवेर डेढ वर्षिय बालकको ज्यान गएको छ ।
स्थानीय प्रीति नेपालीका १८ महिनाका छोरा रेगम नेपालीको सोमवार विहान ८ बजे डुवेर मृत्यु भएको हो । खाडलको पानीमा तैरीएको अवस्थामा भेटिएका बालकलाई फलेवासमा रहेको धुलीखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालकको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।
आमाबाबु कोहि नभएका बेला विहान आँगनमा खेलिरहेको बच्चा अचानक नजिकै रहेको गोवरग्याँसको ओभरफ्लो खाँडलमा खसेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!