आज ४० औं सामाजिक सेवा दिवस - News site from Nepal
आज ४० औं सामाजिक सेवा दिवस

काठमाडौं  ः आज ४० औं सामाजिक सेवा दिवस “सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकासको अठोट” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ।
सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई  एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी सामाजिक सेवा दिवस मनाइन लागिएको हो। गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरूको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ।
पुरस्कृत संस्था र व्यक्तिको नाम सोमबार नै सार्वजनिक हुनेछ। महिला, बालबालिका तथा सामाज कल्याणमन्त्री थममाया थापाले समाज सेवामा लाग्नका लागि मन, बचन र कर्मको आवश्यकता पर्ने बताइन। समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नयाँ संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उनको भनाइ छ।  असीभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने उनले बताइन।
दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८०० पाहुनालाई निमन्त्रणा गरिएको छ। सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको उनले बताइन।   २५ उत्कृष्ट लेख रचनासहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आव्हान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!