पर्वत/ दक्षिणी पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा शुक्रबार राती आएको बाढीले ९ घरमा क्षति पु¥याएको छ ।
अबिरल बर्षापछि गेउदीखोलामा आएको बाढीले स्थानियका दुइ घरमा ठुलो क्षति पुगेको छ भने ९ घर बिस्थापित बनेका छन ।
हातेमालोचोक धरमपानी पैंयुकोट सडकबाट बगेर आएको लेदोले घरमा क्षति पुयाएको छ भने ५० रोपनी खेत समेत बगाएको वडा अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बाढीका कारण स्थानिय मोतीलाल पौडेल, गोपबहादुर सार्की, लिलादेबी पौडेल, हिमलाल तिवारी, सोमनाथ तिवारी, बिनोद हमाल, गोबिन्द पौडेल र मोतीलाल रिजालको परिवार बिस्थापित बनेका छन । बाढी घरमा पसेका कारण परिवारहरु बिस्थापित भएका हुन ।
बाटो खन्ने क्रममा निस्केको माटो र गेगर बाढीले बगाएपछि खोलाले उग्ररुप लिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानियले उद्दार र क्षतिको बिबरण संकलन गर्ने काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो बर्ष सडक स्तरोउन्नतीका लागि पर्वतका सबै जसो वडाहरुमा काम भैरहेको छ । सडक खन्दा निस्केको माटो र ढुंगा ब्यबस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिदै आएको छ । जथाभाबी सडक खनिएका सडकबाट निस्केको माटो ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।






