पूर्वाधार बिकास कार्यालय योजनाहरु धमाधम सम्झौता, असारे विकासलाई निस्तेछ गरिन्छ ः डिभीजनल इन्जिनियर अधिकारी (भिडीयोसहित) - News site from Nepal

पर्वत – जिल्लामा संचालित अधिकांस योजनाहरु गुणस्तर हिन हुने गरेको पाइएको छ । समयमा काम नगर्ने प्रबृत्तिले विकास निर्माणका योजनाहरु अपुरा, अधुरा र गुणस्तरहिन हुने गरेको गुनासो आईरहेका बेला यहाँको एक डिभिजन प्रमुखले भने असारे विकासलाई पुर्ण रुपमा निस्तेज गर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा स्थापना भएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभीजनल इन्जिनियर दयाराम अधिकारीले योजना सम्पन्न गर्ने र फरफारक गर्ने नाममा असारमा हतार हतार गर्ने विकास निर्माणका कार्यलाई पुर्ण रुपमा रोक लगाईने जानकारी दिनुभयो । बागलुङ र पर्वत कार्यक्षेत्र रहेको यस कार्यालयले माघ महिनाभित्रै सवै योजनाहरु सम्झौता गरी कार्यान्वयनको चरणमा अघि बढाउने जनाएको छ । ‘अधिकांस ठुला योजनाहरुको टेण्डर आव्हान गरि सम्झौता समेत भैसकेको छ’ बाँकी योजनाहरु अबको एक महिनाभित्रै ठेकेदार र उपभोक्ता समितिसँग सम्झौता गरी धमाधम काम गर्ने तयारी कार्यालयले गरेको उहाँले बताउनुभयो ।
अधिकारीले पर्वत र बागलुङमा गरी २२ वटा योजनाहरु ठेक्का लागिसकेर काम शुरु भएको जानकारी दिनुभयो । सडक, मोटरेबल पुल र झोलुङ्गे पुलको क्षेत्रमा काम गर्ने यो कार्यालयले लक्षित योजनाहरु समयमै सम्पन्न गर्नका लागि पुरै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले कुश्मा–मोदीबेणी जोड्ने सडकको मुल्यांंकन समेत गर्न लागिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकार अन्तर्गत पर्वत र बागलुङमा सडक र पुल निर्माणका लागि बिनीयोजित रु. ६१ करोड ३७ लाख लागतका योजनाहरुलाई निर्धारित ममयमै सम्पन्न गर्ने कार्यालयको योजना रहेको र त्यस अनुसार धमाधम योजनाहरुको सम्झौता प्रकृया अघि बढेको अधिकारीले जानकारी दिनुभयो ।
एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत बागलुङमा दुई ४ र पर्वतमा दुईवटा योजना रहेका छन् । त्यस्तै प्रादेशिक योजना अन्तर्गत दोविल्ला फलेवास सडक र मालढुंगा, पाग्जा, बेला एपरपोर्ट, कुश्मिशेरा–दमेश रांगखानी–हुग्दिशिर सडक ठेक्का प्रकृयामा गैसकेको काार्यालयले जनाएको छ । ती दिुई योजना क बर्गका हुन् । त्यस्तै ख बर्गका योजना पर्वतमा तीन र बागलुङमा पाँच वटा रहेका छन् । भने ग बर्गका योजना पर्वतमा ११ र बागलुङमा पनि ११ वटै रहेको डिभीजनल इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी साझेदारी सडक पर्वतमा ११ र बागलुङमा १३ वटा छने भने अन्य सडक दुवै जिल्लामा गरी ११ वटै रहेको अधिकारीले बताउनुभयो । ग्रामीण पहुँच कार्यक्रम ¥याप अन्तर्गत सडक र पुल निर्माणका योजनाहरु पनि रहेका छन् । सिल्मी, ठूलीपोखरी कार्किनेटा सडक निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै सम्भावित रणनैतिक योजनामा पर्वतमा २ र बागलुङमा दुईवटा सडक बन्ने भएका छन् । त्यस्तै सडक पुल तर्फ पर्वतमा तीन र बागलुङमा ७ वटा बन्ने भउका छन् । झोलुङ्गे पुल पर्वतमा २ र बागलुङमा दश वटा निर्माण गर्ने योजना रहेको कार्यालय प्रमुख अधिकारीको भनाई रहेको छ ।

यसैबीच अधिकारीसँग पञ्चासे एफ.एममा पत्रकार लक्ष्मण सापकोटाले गरेको कुराकानी
भिडीयो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!