पर्वतको बाच्छामा आयोजित महोत्सव सम्पन्न, अब इलमी हात गाउँ छोड्नु पर्दैन ः मन्त्री लम्साल - News site from Nepal

पर्वत– पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा आयाजित बाच्छा महोत्सव सम्पन्न भएको छ ।
कला संस्कृति र खेलकुदको विकास मार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानीय जनसेवा युवा क्लवले आयोजना गरेको चार दिने महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सवका समापन गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनु नपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार बनेपछि स्वरोजगारमुलक कार्यक्रम संचालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ गाउँमा स्वरोजगारका बाटाहर खुलेको बताउनुभयो । मन्त्री लम्सालले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो ।
मन्त्री लम्सालले उद्यम व्यावसाय गर्ने जोसुकै युवालाई पनि अब राज्यले सहयोग गर्ने बताउनुभयो । मन्त्री लम्सालले गाउँ गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताउनुभयो । उहाँले पर्यटन, कृषि, उद्यम तथा उर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले होम–स्टेलाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । गण्डकी प्रदेशले २७४ वटा होमस्टे बनाएको बताउँदै होम–स्टे प्रभाबकारी भएमा पर्यटकको कमी नहुने बताउनुभयो । उहाँले जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले विना धिता ऋण उपलव्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।


कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी विस्तारै उज्यालोका दिशामा जान थालेको बताउनुभयो । विविध समस्याले गर्दा गाउँपालिकाले नागरिकका अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सवैको सक्रियता र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले बाच्छामा संचालित होम–स्टे लगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताउनुभयो । अध्यक्ष भुसालले कला संस्कृतिको संरक्षणमा सक्रिय भएर लाग्न आग्रह गर्दै यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत सहयोग गर्ने बताउनुभयो ।
महोत्सवमा भलिवल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोक गीत प्रतियोगिता, डान्स प्रतियोगिता संचालन गरिएको थियो ।
समापन कार्यक्रमको संचालन स्थानीय समाजसेवी नन्दु गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!