पर्वतको चुवामा संचालित निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाको उपचार - News site from Nepal

पर्वत-   पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छ ।
सामाजिक सेवामा सक्रिय पर्वत जेसीजले एक वडा एक कार्यक्रम अन्तर्गत पर्वत जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन गरेको हो । लामो समयदेखि जेसीज गाउँको नामाकरण गरेर विभिन्न गतिविधि संचालन गर्दै आएको जेसीजले स्थानीय विपन्न तथा बृद्धबृद्धाको स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै शिविर संचालन गरेको अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो ।
शिविरमा स्थानीय २ सय भन्दा बढिका स्वास्थ्य परिक्षण गरिएका छ । शिविरमा महिला तथा बृद्धबृद्धाको बाक्लो उपस्थिति रहेको थियो । ज्वरो, खोकी, दम, वाथ, महिला तथा प्रसुती, आँखा तथा दाँतका विरामीको परिक्षण गरिएका शिविरका मुल संयोजक उत्तम पौडेलले जानकारी दिनुभयो ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले विपन्न परिवारलाई लक्षित गरि संचालन गरिएको स्वास्थ्य शिविरको प्रसंसा गर्नुभयो । उहाँले स्वास्थयको पहुँच नपुगेका ठाउँमा पनि यस्ता शिविर संचालन गर्न उहाँले आग्रह गर्नुभयो ।
शिविरमा जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा डा. सुदिप सुवेदी, डा.मानव तिवारी, डा. लक्ष्मी पाण्डे र डा.सुरज नेपालीले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
शिविरमा जेसीजका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षता, मुल संयोजक उत्तम पौडेलको स्वागत र महासचिव जेसी रामु शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!