पर्वत– आउँदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पर्वतको कुश्मामा महिलाहरुको मात्र ब्यवस्थापनमा संचालित दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम गरीएको हो । परम्परागत संस्कृतिको जगेर्ना गर्ने र महिला दिदीबहिनीहरुबीच आपसी भाईचाराको विकास गर्ने उद्धेश्यले कार्यक्रम गरिएको सहकारीका अध्यक्ष निला श्रेष्ठले जानकारी दिनुभयो ।






