कुस्माको युवाबर्षका बिद्यार्थीलाई पोशाक सहयोग - News site from Nepal
कुस्माको युवाबर्षका बिद्यार्थीलाई पोशाक सहयोग

पर्वत / पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी एक छात्राले कुस्माको युवाबर्ष आधारभूत बिद्यालयका बिद्यार्थीका लागि पोशाक उपहार पठाउनुभएको छ । 
कुस्मा नगरपालिका वडा नं ६ घर भै बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले कुस्मा नगरपालिका वडा नं ७ गोदाम स्थित युवा बर्ष आधारभूत बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थीलाई पोशाक उपहार पठाउनुभएको हो ।
गिरीले बिद्यालयमा अध्ययन गर्ने ३३ जना बिद्यार्थीलाई पठाएको पोशाक बिहीबार एक कार्यक्रमका बिच बितरण गरिएको छ । गिरीले गत बर्ष पनि आफ्नो जन्म दिन पारेर बिद्यालयका सबै बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो । अधिकाँश दलित समुदायका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयमा बिद्यार्थीका लागि पोशाकको आवश्यकता भएको जानकारी पाएपछि गिरीले उपहारको रुपमा पोशाक सहयोग गरेको हजुर बुवा कलाधार गिरीले बताउनुभयो । ‘बेलायतमा भएपनि यहाँका बिद्यार्थीको नातिनीलाई खुबै माया छ’ उहाँले भन्नुभयो ‘हरेक बर्ष यी बिद्यार्थीलाई सहयोग गर्ने उनको योजना छ’ बिद्यार्थीलाई उपहार पठाउने गिरी पर्वत समाज अन्तराष्ट्रियका अध्यक्ष पुरन गिरीकी छोरी हुनुहुन्छ ।
पोशाक बितरण कार्यक्रममा गिरीका अंकल तथा नेकपा कुस्मा नगरकमिटीका अध्यक्ष शंकर गिरीले सदरमुकाम कुस्मामा भएपछि पछाडी परेको बस्तीका बालबालिकालाई शैक्षिक अवसर लिन सहयोग पुगोस भनेर सहयोग भएको बताउँदै बिद्यार्थी र अभिभावकले शिक्षालाई प्राथमिकतामा राख्न सके भबिश्यमा सक्षम नागरिक उत्पादन गर्न यस्ता सहयोगले प्रोत्साहन दिने धारणा राख्नुभयो । कुस्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले वडा भित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक र भौतिक सुधार गरि नमुना बिद्यालय बनाउने काममा लागि रहेको बताउँदै सामुदायिक बिद्यालयमा सुधार नगरे सम्म तल्लो तहका नागरिकहरु राज्यको मुल प्रवाहमा आउन कठिन हुने धारणा राख्नुभयो । 
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्बरबहादुर नेपालीले सदरमुकाम कुस्माबजारमा रहेको भएपनि बिभिन्न कारणले पछि परेको बिद्यालयलाई भौतिक र शैक्षिक रुपमा सुधार गर्दै अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खड्गराज पुरी, शिक्षक हरिप्रसाद आचार्य लगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!