पर्वत–नेपाल राष्ट्रिय भूतपूर्व सैनिकको फलेवास नगर स्तरिय भेला सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देविस्थानमा सम्पन्न भएको भेलाले डिल्लीराम अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
समितिको उपाध्याक्षमा श्यामवहादुर कु्वँर, सचिवमा दिपक कुवँर, सह–सचिवमा संञ्जिता कुवँर, कोषाध्यक्षमा डिलकुमारी कुवँर र सदस्यहरुमा जिवनवहादुर क्षेत्री, पूर्णवहादुर राना, कृष्णवहादुर नेपाली, सन्तवहादुर दर्जी लगायत १५ सदस्य समिति चयन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गदै फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले भूतपूर्व सेनिकका समाज परिर्वतनको ऐना भएको बताउनु भयो । उहाँले भूतपूर्व सैनिकहरुको अनुशासन र लगनशीलतालाई टोल–टोलमा लागुगर्न सके समाज परिर्वतनमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको शर्माले नगरपालिकाले भूतपुर्व सैनिकका सिप र पुर्जीलाई नगरको विकासमा खर्च गरिने बताउनु भयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम पौडेल, फलेवास–६ का वडाध्यक्ष भोलानाथ भुषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल राष्ट्रिय भूतपूर्व सैनिकको फलेवास निर्वतमान अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य श्यामवहादुर कुवँर र कार्यक्रमको संचालन स्थानीय युवा लकास सुवेदीले गर्नुभएको थियो ।






