मुलुकमा जातीभेदको पुर्ण रुपमा उन्मुलन गर्नुपर्छ ः पौडेल - News site from Nepal
मुलुकमा जातीभेदको पुर्ण रुपमा उन्मुलन गर्नुपर्छ ः पौडेल

पर्वत– नेकपाका नेता तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले मुलुकको विकासमा जातीयता र बर्गिय विभेद ठुलो समस्याको रुपमा रहेको बताउनुभएको छ ।
नेपाल उत्पिडित जातीय मुक्ति समाज पर्वत र नेपाल दलित मुक्ति मोर्चाले बिहीवार कुश्मामा आयोजना गरेको ५४ औ अन्तर्राष्ट्रिय जातीभेद उन्मुलन दिवस कार्यक्रमको उद्घाटन गर्दै अब परम्परागत सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । जवसम्म जातीभेदको जरैदेखि उखेल्न सकिदैन तबसम्म समाज र राष्ट्रको विकास हुन नसक्ने उहाँको भनाई रहेको थियो । उहाँले राज्यका सवै तहमा समान पहुँच र अधिकार प्रत्यायोजन गरिनुपर्ने बताउँदै विभेद गर्नेहरुलाई कडा भन्दा कडा कानूनी कारवाहिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दुर्गाबहादुर दर्जी, पदेश सांसद जुनादेवी नेपाली, नेकपाका नेता भुक्त कँुवर, जेष्ठ कम्युनिष्ट मञ्चका तोयानाथ चालिसे, युवा नेता गोविन्द पहाडी, फोकोफोन पर्वतका अध्यक्ष तथा दलित अधिकारकर्मी कविला विक लगायतले बोल्नुभएको थियो ।
नेपाल उत्पिडित जातीय मुक्ति समाज पर्वतका अध्यक्ष विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भिमबहादुर नेपालीले गर्नूभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!