
कुश्मा – कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको आईबल एकेडेमी अग्रेजी आवसिय
माबिले अभिभावक बनाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बिद्यालय
प्राङगणमा अभिभावकहरुलाई भेला गराई बिद्यालयले प्रशिक्षण गराएको हो ।
बिद्यार्थीहरुलाई बिद्यालयमा अध्ययन गराउन मात्र नभई अभिभावकलाई समेत घरमा
गएपछि के गर्ने र कसरी पढाईमा ध्यान दिन सकिन्छ भन्ने बिषयमा अभिभावकलाई
प्रशिक्षण गराईएको थियो ।
बिद्यालयमा अध्ययनरत झण्डै तिन सय बिद्यार्थीहरुका अभिभावकहरुलाई एक ठाउँमा
भेलाई गराई प्रशिक्षण गराईएको हो । प्रशिक्षणको सहजकर्ता द कस्मीक स्टार
प्राईभेट लिमिटेड काठमाडौका प्रबन्धक निर्देशक बाल मनोबिद रमेश पराजुली
रहनुभएको थियो ।
सहजकर्ता पराजुलीले अभिभावकलाई प्रशिक्षण राउँदै समयको परिवर्तनसगै
अभिभावकको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुभएको थियो । असल
बालबालिका बनाउन विद्यालयका शिक्षकको मात्र दायित्व नभई अभिभावकको प्रमुख
दायित्व रहेको उहाले अभिभावकलाई बताउनुभएको थियो ।
सबै विद्यार्थीहरु कुनै न कुनै पक्षमा विशेष क्षमता लिएर जन्मिने हुँदा अभिभावक
एवं विद्यालयले पहिचान गरेर अनुकुल वातावरण प्रदान गर्न सके सबैले सफलता
प्राप्त गरि भविष्यमा सक्षम नागरिक बन्न सक्ने र सोहि अनुरुप बिद्यार्थीलाई अगाडि
बढाउन आबश्यक रहेको बताउनुभएको थियो । बालबालिकाको पहिलो पाठशाला घर
र परिवार नै भएको जानकारी समेत उहाले गराउनु भएको थियो । कार्यक्रममा
सहभागि अभिभावकहरुले पनि उत्सुकताका साथ प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए
। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा लामिछानेले आगामी बर्षबाट
विद्यालयबाट ब्यबहारिक तथा नैतिक पक्षलाई थप जोड दिइने कुरा ब्यक्त गर्नु
भयो ।
बिद्यालयका प्रिन्सिपल विमल पौडेलले आगमी दिनमा रचनात्मक तरिकाले जीवन र
शिक्षालाई जोड्ने गरि शैक्षिक क्रियाकलापहरु संचालन गर्नुपर्ने आजको
आबश्यकतालाई बिद्यालय परिवारले आत्मसाथ गरेको कुरा ब्यक्त गर्नुभयो ।
अभिभावकहरुले विद्यालयले पढाईको स्तर सुधार्न गरेको मेहेनतको सह्राहना गर्दै
स्तर कायमै राख्न सुझाव दिएका थिए । अतिरिक्ति क्रियाकलाप र विद्यार्थीहरुको
शैक्षिक बौद्धिक क्षेत्रमा विद्यालयले महत्वपूर्ण सफलता हात पारेको भन्दै
अभिभावकहरुले आगामी दिनमा अझै प्रगति गर्न सुझाव दिएका थिए ।