छोटो समयमै सुखि फलेवासी समृद्ध फलेवास बनाउँछौ ः मेयर शर्मा - News site from Nepal
छोटो समयमै सुखि फलेवासी समृद्ध फलेवास बनाउँछौ ः मेयर शर्मा

पर्वत – पर्वतको फलेवास नगरपालिका ६ देविस्थानमा रहेको जनता माध्यमिक बिधालयको ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
बिधालयमा सप्ताहव्यापी रुपमा विविध शैक्षिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि बुधवार मुल समारोह सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै फलेवास नगरपालिका नगर प्रमुख पदमपाणी शर्माले शिक्षाको विकासको लागि नगरपालिकाको अर्जुन दृस्टी रहेको बताउनुभएको छ । बिधालयको शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक बिद्यार्थी र अभिभावकबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने कुरामा नगरप्रमुख शर्माले जोड दिनुभयो ।
नगरका बिद्यार्थीहरु अंग्रेजी महका कारण बाहिर जाने बाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले नगरभित्रका हरेक बिधालयहरुमा शिक्षकलाई तालिम प्रदान गरि कक्षा १ मा अंग्रेजीमा पठनपाठन सुरु गरिएको र आगामी शैक्षिक सत्रमा २ कक्षामा पनि लागु गरिने बताउनुभयो ।
जनता माबि फलेवासको मुटुमा भएको बताउदै उक्त बिधालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिभाहरुको प्रशंसा गर्दै प्रतिभा तथा खेलको माध्यमबाट फलेवासलाई चिनाउने बिद्यार्थीहरुलाई नगरपालिकाले सम्मान गर्ने शर्माले बताउनुभयो । साथै पोखरा विश्वबुधालयको समझदारिमा पर्वतको पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा संचालन गर्ने योजना बनाएको पनि शर्माले बताउनुभयो ।
फरक प्रसंगमा नगरप्रमुख शर्माले नगरको बिकासका लागि नगरका सबै वार्डमा चक्रपथका रुपमा सडक बिस्तार गरिएको बताउनुभयो । नगरभित्रका युवा युवतीहरूलाई स्वरोजगार बनाउन विभिन्न सिपमुलक तालिम प्रदान गरेको बताउदै नगरपालिकाको बिकास र समृद्धिको लागि नगरबासी जनतालाई उधोग व्यवसाय संचालन गर्न अनुदान प्रदान गर्दै जाने बताउनुभयो ।नगरपालिका बिस्तारै विकासको गतिमा फड्को मारेको बताउदै नगरका सबै वार्डहरुमा समानुपातिक विकास गर्ने बताउनुभयो । सुखी फलेवासी समृद्धि फलेवास निर्माण गर्न सबै जनताले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बिधालयका पुर्व प्रअ गंगाराज शर्माले विभिन्न बाधा अवरोध पार गर्दै जनता माबी नंया युगमा प्रवेश गरेको बताउदै शैक्षिक गुणस्तर वृद्धिको लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । बिद्यार्थीको शैक्षिक स्तर वृद्धिका लागि आफ्ना छोराछोरीको पढाइमा चासो दिएर बिधालयमा पुगि अभिभावकहरुले नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।आजका बिद्यार्थी भोलीका रास्ट्र निर्माता भएको बताउदै उनिहरुको उज्ज्वल भविष्यका अभिभावकले घरमा पढ्नको लागि उचित वातावरणमा मिलाउनुपर्ने र बिधायमा पनि शिक्षकहरुले साथीको रुपमा सिकाई गराउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा फनपा ६ का वार्ड अध्यक्ष भोलानाथ भुसाल, पर्वत बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष हरि कुमार श्रेष्ठ, क्याम्पस प्रमुख खिल प्रसाद शर्मा, एनआरएन रसीयाका सभापति रामेश्वर गौतम, बिधालयका प्राचार्य लाल प्रसाद शर्मा,पुर्व शिक्षक कुमार श्रेष्ठ, बिधालयका आर्थिक समिति संयोजक नारायणदत्त रखाल,समाजसेवी तथा शिक्षा प्रेमि पितम्बर घिमिरे, किरण श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।साथै बिद्यार्थीहरुको तर्फबाट कक्षा ९ कि छात्रा सृष्टि क्षेत्री र कक्षा ८ का छात्र अभिषेक परियारले मन्तव्य व्यक्त गरेका थिए ।
बिधालयका प्रधानाध्यापक गोपाल प्रसाद श्रेष्ठले बिधालयको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिधालयका पुर्व शिक्षक कुमार श्रेष्ठले आफुले यसअघि स्थापनना गर्नुभएको २५ हजारको अक्षयकोषमा आज २५ हजार थपेर ५० हजार बनाउनुभएको छ ।
बार्षिकोत्सवको अवसरमा बिधालयले आयोजना गरेको नगरपालिका स्तरीय भलिबल प्रतियोगितामा शिद्ध माबी पाङराङ प्रथम, जनता माबि देविस्थान दिर्तिय र शारदा माबि कुर्घा तृतीय भएका छ्न । प्रतियोगितामा प्रथम, दिर्तिय र तृतीय हुने बिधालयका टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।
उक्त अवसरमा विभिन्न व्यक्तिहरुले संस्थापना गर्नुभएको अक्षयकोषबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा कक्षा १ देखि १० सम्मका प्रथम दिर्तिय, तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
बार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 
बिद्यार्थीहरुले मोबाईल तथा ईन्टरनेटको दुरुपयोग रोक्नको लागि सन्देश मुलक नाटक प्रस्तुत गरेका थिए । त्यस्तै बिद्यार्थी मैना कुवरले शैक्षिक गजल वाचन गर्नुभएको थियो भने प्रतिभा कुवरले गित प्रस्तुत गर्नुभएको थियोे । बिधालयको बार्षिकोत्सवलाई सफल पर्नको लागि विभिन्न शिक्षाप्रेमी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको थियो । बिधालय ब्यावस्थापन समितिका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षिका धना पौडेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन शिक्षक जिवनाथ पौडेल र उपेन्द्र थापाले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!