महिलाको नेतृत्वमा पर्वतकै सबैभन्दा ठुलो सहकारी सञ्चालनमा - News site from Nepal

पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।
कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सोमबार देखि कारोबार शुरु गरेको छ । संस्थाको शेयर पुंजी ६ करोड ७ लाख ५० हजार रहेको छ ।

सहकारीको अध्यक्ष निला श्रेष्ठले उद्घाटन गर्दै कारोबार शुरु गरेको छ । सहकारीमा कुस्माबजारका ब्यबसायी, बिभिन्न सामाजिक संस्थामा संलग्न महिलाहरु संस्थापक र कार्यसमितिमा समेत सबै महिला नै रहेका छन भने २ सय ४३ जना शेयर सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!