पर्वतमा यसरी टारिदैँ छ प्याजको अभाव, तपाई पनि अपनाउनुस यस्ता उपाय - News site from Nepal

पर्वत– छिमेकी मुलुक भारतले प्याज आयातमा रोक लगाएपछि यतिवेला गाउँ, शहर, बजार जतातलै हाँहाकार जस्तै छ ।
भारतवाट आयात रोकिएसँगै अत्याधिक मात्रामा महङ्गीएको प्याज कतिपय बजारमा किन्न समेत पाईन छाडेको छ भने कतिपय बजारमा चाईनिज प्याज किन्न त पाईन्छ त्यो पनि निकै महङ्गो मुल्यमा । चाईनिज प्याज भारत र नेपालमा उत्पादित जस्तो स्वादिलो र रसिलो नहुने भएकाले विक्रिनै कम हुने व्यावसायिहरु बताउँछन् ।
लामो समयदेखिको प्याजको अभाव झेल्दै आएका पर्वतवासीले विकल्पमा विभिन्न चीजहरु प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारी जन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याज महङ्गीएसँगै सामान्य घरपरिवारमा यसको प्रयोग हटिसकेको छ भने होटल तथा रेष्टुरेन्टहरुमा मात्र निकै कम मात्रामा प्रयोग गर्ने गरिएको पाइएको छ ।
एकातर्फ महङ्गो अर्कातर्फ बजारमा समेत पाईन छाडेपछि प्याजको बिकल्पमा अन्य चीजहरु प्रयोग गर्न थालिएको सदरमुकाम स्थित हिमाल होटलका संचालक झलक आचार्यले बताउनुभयो । तरकारी तथा अचारहरुमा प्याजको सट्टा जिरा, मेथी, दालमा गाउँमा पाईने लम्वु, प्रयोग गरिने उहाँले बताउनुभयो । विशेषगरी मासु, अण्डा तथा मःम बनाउँदा मात्र प्याजको प्रयोग गर्ने गरिएको उहाँको भनाई छ ।
प्याज बढ्यो भनेर तरकारी, मःम, खानाको रेट बढाउन पाईदैन, त्यसैले विकल्पमा अन्य घरायसी चीजहरु प्रयोग गर्ने गरिएको आचार्यले बताउनुभयो। ब्रोईलर कुखुराको मासु र प्याजको मुल्य समेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो ।
पर्वतको ठुलीपोखरीकी राधा सापकोटाले भन्नुभयो–‘घरमा लगाएको प्याज असारमै सकिए, बजारमा महङ्गीले किनिसाध्ये छैन ।’ तरकारी अचारमा प्याज हाल्न छाडेको चार÷पाँच महिना भैसकेको उहाँले बताउनुभयो । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको उहाँले बताउनुभयो । सिङ्गो गाउँभरी एकादुई घर बाहेक अधिकांश परिवारले प्याजको प्रयोग गर्न छाडेको उहाँको अनुभव छ । यो समाचार धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
कटुवाचौपारीकी शोभाकुमारी शर्माले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताउनुभयो । अघिल्लो बर्ष फलेका प्याज सकिए, बल्ल लगाउने सिजन भएको छ त्यसपछि खान पाईएला तर बजारबाट किनेर खाईसाध्ये नभएर किनएको छैन उहाँले भन्नुभयो । घरमा कहिले कतना मासु पकाउँदा पनि प्याजको सट्टा लसुन, लसुनको पात, धनियाँ, राख्ने गरिएको उहाँले बताउनुभयो ।
अरु चिज राखेर पकाउँदा प्याजकै जस्तो स्वाद नभएपनि आर्थिक अभावले गर्दा मिठै मानेर खानुपरेको सोहि ठाउँकी सरस्वती शर्मा पौडेलले बताउनुभयो । उहाँले धान काटेर यस वर्ष ठुलौ खेतका गह«ामा प्याज लगाएको बताउनुभयो ।
कुश्माबजारमा अहिले चाईनिज प्याजको मुल्य रु २ सय रुपैया रहेको छ भने ग्रामीण बजारहरुमा २ सय २० सम्म लिने गरेका छन् । ‘नेपाली वा भारतीय प्याज पाईदैन, चाईनिज प्याज पनि निक्कै महङ्गो छ, खासै विक्रि हुँदैन’ कुश्माबजारका किराना व्यावसायी दामोदर पौडेलले भन्नुभयो । एकादुई होटल र रेष्टुरेष्टले बाहेक सर्वसाधारणहरु प्याज खोज्न नआउने गरेको उहाँो भनाई रहेको छ ।
निकै न्यून मात्रामा विक्रि हुने र नाफा पनि खासै नहुने भएकाले तीन÷चार महिनादेखि प्याज विक्रि गर्नै छाडेको तरकारी व्यावसायी ज्ञानेन्द्र बास्तोलाले बताउनुभयो । उहाँले भने–‘प्याज खान भन्दा माछा मासु खान सस्तो भयो, आजकल त कसैले किन्दैनन, त्यसैले विक्रि गर्न छाडियो ।’ उहाँले बरु प्याजको सट्टा जिरा, र मेथिको विक्रि बढेको बताउनुभयो ।
खुर्सानी विना भतेर रोकिँदैन भनेझै लामो समय प्याज नहुँदा पनि कुनै समस्या नभएको स्थानीयको भनाई छ । यसैगरी आयातमा रोक लगाउने हो भने १÷२ वर्षमै नेपाल प्याजमा आत्मनिर्भर बन्ने पर्वतको पकुवामा व्यावसायीक रुपमा तरकारी खेती गर्दै आएका कृषक गणेश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!