काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने पनि बताउनु भयो । बिहीबार दिउँसो सिंंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सार्नुभयो ।
यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । त्यसलगत्तै सिंंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिनुभएको थियो ।