कैद सजायको फैसला भएपछि फरार भएका पर्वतको दुर्लुङ्गका बिक पक्राउ - News site from Nepal

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका ५० बर्षिया शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट सम्बन्धि मुद्धामा सुनारले जिल्ला अदालबाट २ महिना १५ दिनको कैद सजाय पाएका थिए । सुनारले कुश्मा नगरपालिका ३ दुर्लुङ कै ६७ बर्षिया बलबहादुर चदारा र ७९ बर्षिया राजकुमारी बिकलाई कुटपिट गरी घाइते बनाएका थिए ।

अदालतले थुकछेक बहस पछि १ लाख धरौटीमा रिहाइ गरेको थियो । अन्तिम फैसलामा कैद सजाय सुनाए पछि भने उनी फरार थिए । प्रतिवादी बिकलाई पर्वत जिल्ला अदालतले गएको जेठ ४ गत् २ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो । सुनारलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।पक्राउ लगतै प्रहरीले सुनारलाई अदालत सामु पेश गरी कारागार चलान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!