काठमाडौंमा युवतीहरू माथि सिलसिलेबार ‘सिरिन्ज’आक्रमण - News site from Nepal
काठमाडौंमा युवतीहरू माथि सिलसिलेबार ‘सिरिन्ज’आक्रमण

काठमाडौं- पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ। एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए। उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताएको नयाँ पत्रिकामा खबर छ।
‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन्। सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन्। घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा. बाँस्तोलाले भने।
एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ। एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ। तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए। हाल चारै युवतीको स्वास्थ्य सामान्य छ। उनीहरू २० देखि ३० वर्ष उमेरका छन्।
ज्ञानमा सरकारी कर पुस्तक आयातमा १०% भन्सार शीर्षकको समाचारमा सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत भन्सार महसुल लगाएको छ। सरकारले युनेस्कोसँग गरेको सम्झौताको आर्टिकल १ मा एक–अर्को सम्झौता भएका देशबाट (युनेस्कोसँग सम्झौता गरेका देश) पुस्तक, प्रकाशन तथा विभिन्न डकुमेन्ट आयात गर्दा भन्सारलगायत कुनै पनि शुल्क लिन नपाउने उल्लेख छ।
अझ तिनको आयातमा सरकारले भन्सार प्रक्रिया सरलीकृत, छिटो–छरितो र प्रशासनिक झन्झटमुक्त बनाइदिनुपर्ने सम्झौतामा उल्लेख छ। नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य छ।
सरकारले यो सम्झौताको उलंघन गर्दै विदेशी पुस्तक तथा पाठ्यक्रम आयातमा भन्सार महसुल लगाउने निर्णय गरेको छ। सरकारी निर्णयलाई आयातकर्ता ब्यवसायीले ‘ज्ञानमाथिको कर’ का रुपमा विश्लेषण गरेका छन्। सरकारले भने स्वदेशी मुद्रण उद्योगको संरक्षण गर्न आयातमा भन्सार लगाइएको प्रष्टिकरण दिएको छ।
महसुलले पुस्तकको मृल्य वृद्धि गर्ने र यसले उपभोक्ताको क्रयशक्तिमा असर गर्ने भन्दै राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले सरकारी निर्णय फिर्ता लिन आग्रहसमेत गरेको छ। सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म संघ आवद्ध ब्यवसायीले विदेशबाट पुस्तक पैठारी गर्न नसक्ने चेतावनीसमेत दिएको छ।
‘सरकारले ज्ञानमाथि पनि कर लगायो, यो अव्यावहारिक निर्णय हो,’ संघका अध्यक्ष लिखतप्रसाद पाण्डेले भने, ‘अर्कोतर्फ युनेस्कोको घोषणापत्र र अन्तर्राष्ट्रिय सन्धिविपरीतको निर्णय हो।’ उनले सरकारको यस निर्णयबाट विद्यार्थी, शिक्षक, बुद्धिजीवी र पुस्तक पढ्न रुचि राख्नेमाथि आर्थिक भार थोपरेको जिकिर गरे। आयात ठप्प हुँदा त्यसको असर तीन–चार महिनापछि विकराल रूपमा देखिन पाण्डेको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!