पर्वतको पिपलटारीका असी वर्ष नाघेका बृद्ध बृद्धालाई यसरी गरियो सम्मान - News site from Nepal

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पिपलटारी वडा कार्यालयको आयोजनामा ८० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो । सो अवसरमा ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो । उनिहरुलाई एक एक थान झुल, बलाङ्केट, टेक्नका लठ्ठी र सम्मान पत्रले सम्मान गरिएको हो । सो अवसरमा बोल्दै पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले लामो समयसम्म बाँचेर समाजको विकासमा पु¥याएको योगदानको कदर गर्दै वडाले सम्मान गरेको बताउनुभयो ।
यस्ता खालका सम्मानले उहाँहरुलाई बाँकी जीवन जिउनका लागि प्रेरणा प्रदान गर्ने बताउँदै बृद्धाबृद्धाहरुलाई राज्यले सँधै सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले यस वर्षदेखि सरकारले बृद्धा भत्ता समेत बृद्धि गरेर उहाँहरुलाई अझै हौसला प्रदान गरेको बताउँदै नेकपाले यो सरकारको अवधि सम्म पाँच हजार पु¥याउने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुन नसक्नेहरुलाई घरघरै पुगेर पनि सम्मान गरिएको थियो । कार्यक्रममा कुश्मा नगरकार्यपालिकाका सदस्य देवेन्द्र नेपाली, नेकपाका कमल लामिछाने, नेपाली काँग्रेसका विष्णुहरी तिवारी, रेडक्रस पिपलटारी उपशाखाका सभापति भिमराज सापकोटा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत वडा सदस्य सिता शर्मा र संचालन वडा कार्यालय सहायक पिताम्वर नेपालीले गर्नुभएको थियो ।
यसैगरी बुधवारै पिपलटारीमै महिलाहरुको पाठेघर परिक्षण शिविर पनि सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका महिलाहरुलाई बढि मात्रामा पाठेघरको समस्याबाट पिपडित बन्ने गरेको अवस्थालाई मध्य नजर गर्दै वडा कार्यालयको आयोजनामा पाठेघर परिक्षण शिविर सम्पन्न भएको हो । सो अवसरमा वडाका ७० भन्दा बढि महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो । कतिपय महिलाहरुको पाठेघरमा केहि समस्याहरु देखिएकाले उपचारका लागि सुझाव सल्लाह दिनुका साथै समान्य रोगीहरुलाई औषधी समेत प्रदान गरिएको थियो । शिविरमा जिल्ला अस्पताल पर्वतका चिकित्सकहरु, नगर स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, यामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । शिविरको उद्घाटन वडा अध्यक्ष सुजन विक अमरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!