लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
विराट गुप्तेश्रर धार्मिक मेला : पिपलटारीमा विष्णूहरी तिवारीको अध्यक्षतामा सहयोग समिति - News site from Nepal

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गते देखि ११ गतेसम्म आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा पनि वडा समिति गठन गरिएको छ ।
मंगलवार पिपलटारी स्थित वडा कार्यालयमा आयोजित भेलालाई संवोधन गर्दै कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले पर्वतको धार्मिक पर्यटनमा सहयोग पु-याउने यस विराट कोटीहोम महायज्ञमा सवैले दिल खुलाएर सहयोग गर्न आग्रह गर्नु भयो । उहांले धर्मसंकृतीमा सवै क्षेत्रवाट प्रहार भएको अवस्थामा सवै एकजुट भएर लाग्नू पर्ने वताउनू भयो । पर्वत जिल्लाको सदरमुकाममा आयोजना गरिएको महायज्ञले नगरवासी र पर्वत जिल्लाकै लागी एउटा अवसरको रुपमा रहेको वताउनू भयो ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले यस विराट महायज्ञमा कुनै जातजाती,ठूलो सानो नभनी सवैले यज्ञमा हमन गर्न पाउने धारणा राख्नू भयो । हिन्दू धर्मको संरक्षणको खातिर र आपनै जन्मभूमिका केहि गर्नका लागी सवैले तन,मन वचन र आर्थिकले सहयोग गर्न आहन गर्नु भयो ।
भेलाले विष्णूहरी तिवारीको अध्यक्षतमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिबमागूरुदत्त तिवारी (देविन्द्र ) रहनुभएको छ । सदस्यहरुमा राम प्रसाद तिवारी,देवी शर्मा,सविता नेपाली,तेज कूमारी पौडेल,राजू खनाल,तोरण वहादुर नेपाली,दुर्गा सूवेदी,शोभाकान्त सूवेदी,विश्व प्रसाद रखाल,चन्द्रकला सूवेदी,रतन गिरी,लक्ष्मी देवी सापकोटा,रिता शर्मा लामिछाने,शेषकान्त तिवारी,वेल वहादूर वि क रहेका छन् ।
कूश्मा नगरपालिका वडा नं १० पिपलटारीका अध्यक्ष सूजन वि क को अध्यक्षतामा सम्पन्न भेलामा कूश्मा नगरपालिकाका उप प्रमूख सीता काप्ले लामिछाने,मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,कोटिहोम महायज्ञ मूल समितिका महासचिव अच्यूत तिवारी लगायतलको उपस्थिति रहेको थियो । सो अवसरमा अध्यक्ष सूजन वि कले महायज्ञको लागि पिपलटारीबाट आवश्यक सहयोग पु(याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो । नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!