२० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार हुँदा यसरी बच्यो धेरैको ज्यान - News site from Nepal

पर्वत /धेरै सडक दुर्घटनाहरुमा समयमा उद्दार नहुँदा घटनास्थलमा नै घाइतेहरुको ज्यान जाने गर्दछ । तर पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा २० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको छ ।
दुर्घटना भएको पाँच मिनेटमा पुगेको प्रहरी र उद्दार टोलीले घटनास्थलबाट ५ किलोमिटर टाढा रहेको बागलुङ्ग अस्पतालमा पु¥याएको हो । बिहान ८.१५ मा बस दुर्घटना भएकोमा ८.३५ सम्ममा सबै घाइतेको उद्दार गरि अस्पतालमा नै पु¥याइएको थियो ।
समयमा नै अस्पताल पु¥याउँदा दुर्घटनामा गम्भीर घाइते भएका ७ जना बिरामीको ज्यान बचाउन सकिएको स्वास्थ्यकर्मीले बताएका छन । ‘समयमा नै अस्पताल आई नपुगेको भए ७ जना बिरामीको केही बेरमा नै ज्यान जान सक्ने अवस्था थियो’ उपचारमा संलग्न अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन डा. शैलेन्द्र बि. पोखरेलले भन्नुभयो ‘उद्दार गरि अस्पतालमा आई पुगेका मृत्युको मुखमा पुगेका बिरामीको जीवन बचाउन संभव भयो’ धेरै घाइतेहरुको स्वासप्रश्वास ७० भन्दा कम, क्षाति र टाउकोमा गम्भीर चोट रहेका कारण स्वास प्रस्वास रोकिने अवस्थामा अस्पततालमा पुगेका थिए ।
बागलुङ्ग अस्पतालमा यति ठुलो संख्यामा घाइते पुगेको पहिलो पटक हो । अस्पतालमा ३६ जना घाइते पुगेका थिए । दुई जना घाइतेको बाटोमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा नै मृत्यु भएको थियो । दुर्घटनाको खबर पाउने बित्तिकै अस्पतालमा मेडिकल टिम तयारी अवस्थामा बसेको र तत्काल उपचार थालिएको डा. पोखरेलले जानकारी दिनुभयो ।
अधिकाँश सवारी दुर्घटनाका घाइतेहरुको स्वासप्रस्वासमा समस्या हुने गर्दछ । उनीहरुलाई इन्टुवेसन, बगिङ्ग, र मासिम गर्दा तत्कालै ज्यान जानबाट बचाउन सकिने बागलुङ्ग अस्पतालका मेडिकल सुपरीटेण्डन डा. सागरराज भण्डारीले बताउनुभयो । ‘पहिले घाईतेको स्वासप्रस्वासमा रहेको समस्याको निदान गरिन्छ र रोकिएको स्वासप्रश्वास खुलाउने काम हुन्छ’ उहाँले भन्नुभयो ‘अन्य घाउ चोटको पछि उपचार हुन्छ ।’ बागलुङ्ग अस्पतालमा बिहीबार उपचारका लागि ल्याएका गम्भीर बिरामीलाई पनि तत्काल स्वासप्रश्वासको अवरोध हटाउन सक्दा ज्यान बचाउन सकिएको उहाँको भनाई छ ।
दुर्घटनास्थल मालढुंगा पर्वतको सदरमुकाम कुस्माबजारबाट १० किलोमिटर र बागलुङ्ग सदरमुकामबाट ५ किलोमिटर टाढा छ । बागलुङ्गका प्रहरी प्रमुख एसपी दिपक रेग्मी, पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारी सहित सबै सुरक्षा निकायका प्रमुख, रेडक्रस लगायतका उद्दारकर्ताहरु दुर्घटना भएको १० मिनेट नपुग्दै घटनास्थलमा पुगेका थिए । उनीहरुले तत्काल घाइतेको उद्दार गरि प्रहरीका गाडी, निजी ट्याक्सी, जीपमा राखेर बागलुङ्ग अस्पतालमा पु¥याएका थिए । ‘दुर्घटना भएको खबर पाउना साथ पुगेर समयमा नै घाइते उद्दार गर्न सक्यौ’ प्रनाउ तिवारीले भन्नुभयो ‘उद्दारमा ढिलाई भएको भए मृतकको संख्या धेरै बढ्न सक्थ्यो’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!