पर्वत– गण्डकी प्रदेश सरकार अन्तर्गत स्थापना भएको डिभीजन बन कार्यालयले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम कार्यान्वयनको चरणमा अघि बढेको जनाएको छ । आर्थिक वर्षको शुरु भएको तीन÷चार महिनापछि संचालनमा आएको कार्यालयले लक्षित कार्यक्रमहरु कार्यान्वयको चरणमा अघि बढेको जनाएको हो ।
बन क्षेत्रको विकास, संरक्षण र जडिबुटी खेती, संरक्षण, संकलन, भण्डारण, निकासी र पर्यापर्यटनको क्षेत्रमा कार्यालयले काम गर्ने भएको छ । त्यसैगरी बन पैदावारमा आधारित उद्योगहरुको विस्तारमा पनि कार्यालयले सहयोग गर्ने भएको छ ।
यस वर्ष प्रदेश सरकारबाट बिनीयोजित रु.२ करोड १० लाख र संघीय सरकारबाट बिनीयोजित रु १ करोड ५५ लाख रुपैया गरी कुल रु ३ करोड ६५ लाख रुपैयाले बिभिन्न कार्यक्रमहरु संचालन गरिने बन डिभीजन कार्यालयका डिभिजनल बन अधिकृत दधिलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले साझेदारी मार्फत संचालन हुने कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिसकिएको छ । विशेषगरी जडिबुटी पहिचान, संकलन, भण्डारण र प्रशोधन केन्द्र, बृक्षारोपण, र वन पैदाबारमा आधारित उद्योगहरु संचालनका लागि प्रस्ताव आव्हान गरिसकिएको जानकारी दिनुभयो ।
डिभिजनल बन अधिकृत कँडेलले पर्यापर्यटन कार्यक्रम अन्तर्गत बन क्षेत्रहरुमा पर्यटकी पार्क, पोखरी तथा सिमसार क्षेत्र संरक्षण लगायतका कार्यक्रमहरु संचालन गरिने जानकारी दिनुभयो । जिल्लामा रहेको बन डिभीजन कार्यालय र ६ वटा सव डिभीजन कार्यालयमार्फत जिल्लाभरीका सामुदायिक, कबुलियती, निजि र सरकारी बन क्षेत्रका आसपासका उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रमहरु संचालन गरिएको उहाँले बताउनुभयो । त्यसैगरी गर्मीयाम शुरु भएको र हाबाहुरी तथा आगालागी तथा बन डढेलोका घटनाहरु बढ्न सक्ने भन्दै सचेतनाका कार्यक्रम तथा बन डढेलो नियन्त्रणका कार्यक्रमहरु पनि संचालन गरिने कँडेलले बताउनुभयो ।
हेरौ डिभीजन बन कार्यालयले के कस्ता कार्यक्रमहरु गर्दैछ, र हालसम्म के कस्ता कार्यक्रहरु अघि बढे भन्ने सन्दर्भममा पञ्चासे एफ.एममा पत्रकार लक्ष्मण सापकोटासँग गरिएउको कुराकानी ।
भिडियो