पर्वतको मल्लाजमा संचालित आँखा शिविरवाट पाँच सय बढी लाभान्वित - News site from Nepal
 पर्वत- पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर आयोजना गरेको थियो ।

जलजला गाँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यु होराइजन आवासीय मावि पर्वत बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योती मा.वि, अमृत आदर्श बोडीङ स्कुल मल्लाज, नव उत्साही समूह पर्वत बेनीले स्वयमसेवक परिचालन गरेका थिए ।

आइतबारदेखि सुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरीङ, नागी, राम्चे र बेनी बजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लव अफ बेनी मल्लाजका दृतीय उपाध्यक्ष बिक्रम सुवेदीले जानकारी दिनुभयो ।

कोतघर परिसरमा स्वास्थ्य परिक्षण गरिएको थियो भने मल्लाज स्वास्थ्य चौकीमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो । शिविरमा ५२३ जना लाभान्वित भएका क्लवका अध्यक्ष दिनेश बानियाले बताउनुभयो ।

हिमालायन आखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आएका, आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । आँखा परिक्षण, परामर्श र मोतियाबिन्दुको शल्यक्रिया सेवा दिइएको हो ।

२०८ जना पुरुष र ३१५ जना महिलाले सेवा लिएका छन् । ८ जना महिला र ९ जना पुरुषको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । ३४ हजार ८४१ रुपैयाँ बराबरको औषधि र साठी हजार रुपैयाँ मूल्य बराबरको तीन सय थान चश्मा निशूल्क वितरण गरिएको क्लवका रविन्द्र कडेलले बताउनुभयो ।

गाउँमै मोतियाबिन्दुको शल्यक्रिया सेवा पाएपछि पोखारा जाने, आउने खर्च, समयको बचत भएको छ । ग्रामिण क्षेत्रका बासिन्दा र बिरामीहरुको सुबिधाका लागि शिविर आयोजना गरेको क्लवले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!