पर्वतको पिपलटारीमा ७० बर्षिय बृद्ध मृत फेला - News site from Nepal
पर्वतको पिपलटारीमा ७० बर्षिय बृद्ध मृत फेला

पर्वत/ पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारी स्थितकालीमाटीमा ७० बर्षिय बृद्ध मृत फेला परेका छन ।
कुस्मा नगरपालिका वडा नं १० कालीमाटीका ७० बर्षिय बृद्ध झप्पडबहादुर बिक मृत फेला पर्नुभएको हो ।
साईकलचोक देखी ठुलिपोखरी जाने भित्री सडक खण्डबाट ७० मिटर तल बिकलाई मृत फेला पारिएको हो । बिकले अत्याधिक मादकपर्दाथ सेवन गरेका कारण मृत्यु भएको अनुमान गरिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!