संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी - News site from Nepal
संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी
File photo

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ । यस्तै २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६,फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीको बाँकी सजाय कट्टा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै सरकारले २२ जना कैदीको कैद सजाय माफी दिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरेको सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!