मन्त्री लम्साल द्धारा धवाहा तालको निरिक्षण,ताललाई व्यवस्थित गर्न सरकारले आर्थीक सहयोग गर्ने - News site from Nepal

गैंडाकोट कार्तिक ।

उधोग,पर्यटन, वन तथा वतावरण मन्त्री विकास लम्सालले शुक्रवार गैंडाकोटमा रहेको नन्दन सामुदायिक वन उपभोक्त समुहले निर्माण गरिरहेको धवाहा तालको अवलोकन गर्नुभएको छ । सबै गण्डकी प्रदेशका पोखरी ताल कुवा, कुण्डहरुको संरक्षण गर्ने योजना रहेको र धेरै पर्यटक भित्राउन सक्ने सम्भावना बोकेको धवाहा ताल बनाउनका लागि १२ करोड सहयोग गर्ने बताउनुभएको छ।


धवाहा ताललाई प्राथमिकतामा राखेर कार्य गर्ने, बन्यजन्तु वासस्थान संरक्षण सगै वातावरणीय हिसाबले पनि राम्रो सम्भावना रहेको उहाँको भनाई थियो । यसको व्यवस्थित विकासलाई ध्यान दिए धेरै पर्यटक भित्राउन सकिने सम्भावना रहेको र यस्ता पर्यटकीय सम्भावना बोकेका ताल पोखरी सिमसार निर्माण र संरक्षण गर्न अगाडि लैजाने कुरा पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश नवलपुर क का सासद कृष्णचन्द्र नेपालीले पनि धवाहा ताल निर्माणका लागी १० लाख सहयोग गर्ने बताउनुभयो । धवाहा ताल गैंडाकोटको गरिमा बन्न सक्ने र वन बाताबरण संरक्षण गर्ने यसको ठूलो भूमिका खेल्ने बताउनु भयो। नन्दन सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष घनश्याम कंडेलले गैंडाकोटको गरिमा बोक्ने धवाहा ताल निर्माण गर्दा धेरै ठाउँबाट सहयोग र साथ पाइरहेको र भोलिका दिनमा पनि आर्थिक सहयोगको अपेक्षा गर्नुभयो ।

शुक्रबार डिभिजन वन कर्यालय नवलपुरका प्रमुख पुर्णश्वर सुवेदी,वडा नम्बर ८ का वडा अध्यक्ष डिलाराम रिजाल, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा लगायतले नन्दन सामुदायिक वनको धवाहा ताल अवलोकन गर्ने अवलोकन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!