आइसीसी उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठको उम्मेद्बारी घोषणा - News site from Nepal

पर्वत-  गैर आवासीय नेपाली संघ (एन आर एन)० को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हुने नवौ महाधिवेशनमा पर्वतका अर्जुन कुमार श्रेष्ठले आइसीसी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। एन आर एनको स्थापना कालदेखी नै सक्रिय रहदै आएका श्रेष्ठ एनआरएन भित्र सरल कुशल इमानदार कर्तब्यनिष्ठ अभियान्ताको रुपमा परिचित छन्।
दुई कार्यकाल आइसीसी सदस्य साथै युरोप संयोजकको नेतृत्व मात्रै हैन आइसीसी सचिब समेत बनिसकेका उनी यसपटक भने उपाध्यक्षको बलियो दाबेदारका रुपमा आएका छन्। एनआरएन लाई राजनीति तर्फ जोड्न थलिएको तर्क प्रति लक्षित गर्दै श्रेष्ठ भन्छन एनआरएनएलाई राजनैतिक रुपमा जोड्न हुदैन र यसको मूल मर्मबाट बिचलित हुनु हुदैन हाम्रो लक्ष्य प्राप्तिको लागी अगाडी बढ्नु एक मात्र एनआरएनएको उदेश्य हो।
आठ बर्ष केन्दिय समितिमा बसेर काम गरेका उनी नेपाल सरकारका अपेक्षा पुरा गर्न बिगतका दिन देखी नै सक्रिय रुपमा कार्य गरेको बताउछन। नेपालको बिकास र उन्नती गर्न सके मात्र मात्र एनआरएनए सपना पुरा हुने उनको तर्क छ। सबैको साथ र समर्थन अपिल सहित आफू एनआरएनएको अभियान लाई निरन्तर दिदै उम्मेद्बारी दिन लागेको बताउदै उनले वैदेशिक रोजगारी लाई मर्यादित र ब्यबस्थित बनाउन विशेषत मध्यपूर्वका श्रमिक मजदुरहरुको समस्या, त्यसै युरोप अमेरिका अष्ट्रेलिया जस्ता बिकसित देशमा पुगेका नेपालीहरुको समस्यालाई पहिचान गर्ने र त्यसलाई समाधान गर्न नेपाल सरकारसंग सहकार्य गर्दै आफु लागीपर्ने उनको भनाई छ। स्थापना काल देखी नै संघर्ष गर्दै आएका उनलाई संस्थाको विकासका लागी परिपक्व नेतृत्व प्रदान गर्न सक्ने ब्याक्तिको रुपमा समेत एन आर एनहरुले हेर्ने गर्छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!