संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने - News site from Nepal
काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको खबरहबलाई जानकारी दिए । ‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि(शुक्रवार) प्रधानमन्त्रीले देशवासीको नाममा संवोधन गर्नुहुनेछ ।’ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएसँगै आज सदनमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।
गत वैशाख १६ बाट शुरु भएको संसदको चौथो अधिवेशन आज सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!