काठमाडौं : हजारको नोट अर्थात सजिलो भाषामा ‘हात्ती’। तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेके छ। के यो नेपाली नै हो त? हो।, भनेर प्रमाण दिने कोही निस्किएको छैन्। बरु होइन भन्ने आधार देखाउने धेरै छन्।
विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षीत उपाय निकालेर हात्ती नै फेरिदिने। अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् भन्ने खबर अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ।
ती हात्ती चितवन राष्ट्रिय निकुन्जको खोरसो हात्तीसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्। हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली ठान्छन्।






