पत्रकार पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल भेटियो - News site from Nepal
 चितवन : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल प्रहरीले भेट्टाएको छ।
प्रहरीले सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कस्थित श्रेष्ठ पसलबाट डोरी किनेको दृश्य देखिएको हो।
पसलको सिसिटिभी फुटेज लिएर परीक्षणका लागि प्रहरी प्रधान कार्यालय काठमाडौं पठाइएको छ। बसपार्कस्थित होटल कंगारुमा साउन २० गते पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्‍न सकिने अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका खुलेको छ। दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ। होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा रवि लामिछानेसहित तीनजनाका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।
प्रहरीले आत्महत्यामा दुरुत्साहनको अनुसन्धानका लागि लामिछानेसहित, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्‍ने अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!