माधब नेपालका पद खोसियो, नेकपाको वरीयतामा माधव भन्दा झलनाथ अगाडि - News site from Nepal

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वरीयता विवादको टुंगो लगाएको छ। वरिष्ठताको आधारमा अब माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्।
वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्। नेकपाको आइतबार बसेको सचिवालय बैठकले वरिष्ठताको विषयलाई टुंगो लगाएको हो। नेकपा सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ।
सचिवालयको निर्णयमा नेता नेपालले आपत्ति जनाएका छन्। उनले जनवर्गीय संगठनको नेतृत्व चयन र वरियताको विषयलाई लिएर नोट अफ डिसेन्ट लेखेका छन्।  नेकपाले शुक्रबार ३३ वटा विभागको नेतृत्वको टुंगो लगाएको थियो।
उसले सातै प्रदेशमा २–२ जना सहइन्चार्ज पनि तय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!